Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यर्मीलाई यथास्थितिमा काम गर्न निर्देशन

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यर्मीलाई यथास्थितिमा काम गर्न निर्देशन

काठमाडौं : स्वास्थ्य मन्त्रालयले डेंगु प्रभावित जिल्लामा कार्यरत समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको छ।

देशभर डेंगुको प्रकोप बढेपछि स्वास्थ्य मन्त्रालयले समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको हो।

बुधबार बसेकाे मन्त्रालयको सचिवस्तरको बैठकले डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय समेत गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक एवं स्वास्थ्यर्मीहरुलाई प्रसूति, अध्ययन  र किरियाबाहेकका विदा समेत नदिने जनाएको छ।

स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र सबै स्थानीय तहलाई पत्राचार गर्दै यस्ताे निर्देशन दिएको हो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार