Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अमेरिकाले आफ्ना नागरिकलाई भन्याे, डेंगु प्रभावित क्षेत्रकाे भ्रमणमा सतर्क रहनु

अमेरिकाले आफ्ना नागरिकलाई भन्याे, डेंगु प्रभावित क्षेत्रकाे भ्रमणमा सतर्क रहनु

डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै अमेरिकाले एसिया, अफ्रिका र मध्यपूर्वको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ।

यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जारी डेंगुबाट बढी प्रभावित देशहरूको सूचीमा नाम समावेश नगरे पनि प्रभावित क्षेत्रहरूको नक्सामा भने नेपाल समेटिएको छ। दक्षिण एसियाका भारत, पाकिस्तानसँगै बर्मा, लाओस, कम्बोडिया, थाइल्यान्ड, मलेसियालगायत देशको नाम पनि डेंगु संक्रमणमा रहेकाे उल्लेख छ।

सीडीसीले जारी गरेको सूचनामा फ्रेन्च पोलिनेसिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ। यी क्षेत्रमा संक्रमण उच्च रहेकाले सतर्क रहन भनिएको छ।

डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ‘ट्राभल नोटिस’ जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार