अमेरिकाले आफ्ना नागरिकलाई भन्याे, डेंगु प्रभावित क्षेत्रकाे भ्रमणमा सतर्क रहनु
डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै अमेरिकाले एसिया, अफ्रिका र मध्यपूर्वको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ।
यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जारी डेंगुबाट बढी प्रभावित देशहरूको सूचीमा नाम समावेश नगरे पनि प्रभावित क्षेत्रहरूको नक्सामा भने नेपाल समेटिएको छ। दक्षिण एसियाका भारत, पाकिस्तानसँगै बर्मा, लाओस, कम्बोडिया, थाइल्यान्ड, मलेसियालगायत देशको नाम पनि डेंगु संक्रमणमा रहेकाे उल्लेख छ।
सीडीसीले जारी गरेको सूचनामा फ्रेन्च पोलिनेसिया, फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ। यी क्षेत्रमा संक्रमण उच्च रहेकाले सतर्क रहन भनिएको छ।
डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ‘ट्राभल नोटिस’ जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण