Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगुको उपचारपछि घर फर्किए डा. रूइत

डेंगुको उपचारपछि घर फर्किए डा. रूइत

काठमाडाैं : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा. रुइत बुधबार डिस्चार्ज भएका हुन्।

स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले उनलाई १० दिन घरमै आराम गर्न सुझाव दिएका छन्। त्यसैले अस्पतालबाट डिस्चार्ज भए पनि डा. रुइत तत्काल बिरामीको उपचारमा संलग्न हुने छैनन्।

डेंगु लागेर डा. रुइतसँगै अस्पताल भर्ना भएकी उनकी छोरी पनि अस्पतालबाट डिस्चार्ज भएकी छन् । तर, भाञ्जी भने अझै अस्पतालमै छिन्।

गत शुक्रबार ज्वरो आएपछि आफै नर्भिक अस्पतालमा स्वास्थ्यजाँचका लागि पुगेका डा. रुइतलाई परीक्षणको क्रममा डेंगु भएको पुष्टि भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार