डेंगुको उपचारपछि घर फर्किए डा. रूइत
काठमाडाैं : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा. रुइत बुधबार डिस्चार्ज भएका हुन्।
स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले उनलाई १० दिन घरमै आराम गर्न सुझाव दिएका छन्। त्यसैले अस्पतालबाट डिस्चार्ज भए पनि डा. रुइत तत्काल बिरामीको उपचारमा संलग्न हुने छैनन्।
डेंगु लागेर डा. रुइतसँगै अस्पताल भर्ना भएकी उनकी छोरी पनि अस्पतालबाट डिस्चार्ज भएकी छन् । तर, भाञ्जी भने अझै अस्पतालमै छिन्।
गत शुक्रबार ज्वरो आएपछि आफै नर्भिक अस्पतालमा स्वास्थ्यजाँचका लागि पुगेका डा. रुइतलाई परीक्षणको क्रममा डेंगु भएको पुष्टि भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण