Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘संकटकाल आवश्यक छैन, डेंगु नियन्त्रणकाे प्रयास जारी छ’

‘संकटकाल आवश्यक छैन, डेंगु नियन्त्रणकाे प्रयास जारी छ’

काठमाडौं : सरकारले डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्यक नरहेको बताएको छ।  संकटकाल घोषणा गरी डेंगु नियन्त्रण अभियान चलाउन संसदमा समेत माग उठेका वेला स्वास्थ्य मन्त्रालयले आत्तिनुपर्ने अवस्था नआइसकेकाे  रहेको प्रतिक्रिया दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले  डेंगुको महामारीको अवस्था नरहेकाे र संकटकालकाे कुरा उठाएर जनतालाई त्रासमा नराख्न आग्रह गरे। भूगोलका हिसाबले धेरै ठाउँमा डेंगु भेटिए पनि महामारीको अवस्था नरहेको श्रेष्ठले बताए। उनले डेंगु रोग नियन्त्रणका लागि सरकारले सबै प्रयास गरिरहेको दाबी गरे।

काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा डेंगुको संक्रमणले ६ जनाको मृत्यु भइसकेको छ भने सयाैँ संक्रमित छन्। पहिले तराईका जिल्लामा मात्रै भेटिने डेंगुका बिरामी पहाडी जिल्ला हुँदै हिमाली जिल्लामासमेत भेटिएपछि आम नागरिक त्रसित छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार