Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रदेश २ मा डेंगुले एकको मृत्यु, ७३ जना संक्रमित

प्रदेश २ मा डेंगुले एकको मृत्यु, ७३ जना संक्रमित

महोत्तरी : प्रदेश २ मा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित भएका छन्।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेंगु को सङ्क्रमणबाट मृत्य भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको हो।

प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेंगु संक्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेंगु संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ। त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात\सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेंगु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए।

बुधबार बिहानसम्म १६ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो। प्रदेशका सबै जिल्लामा डेंगुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन्। संक्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको झाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार