विकट गाउँपालिकामा एम्बुलेन्स
चितवन : जिल्लाको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ।
जिल्लाको विकट यो गाउँपालिकामा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएपछि एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ। प्रदेश सरकारको अनुदानमा १० लाख ४७ हजार ३५५ रूपैयाँ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।
‘गाउँपालिकाभित्र आवश्यकताअनुसार पर्याप्त एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन्’, अध्यक्ष गुरुङले भनिन्, ‘यसलाई मध्यनजर गर्दै एम्बुलेन्स खरीद गरेका हौँ।’ गाउँपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने बताइएको छ।
यसैबीच यहाँको राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले भएका एम्बुलेन्सबाट मात्र सेवा प्रवाह गर्न कठिनाइ भएका छन्। इच्छाकामना गाउँपालिकाभित्र पर्ने मौवाखोलादेखि रिग्दिखोलासम्म ३५ किलोमिटर केन्द्रीय राजधानी छिर्ने मुख्य राजमार्ग पर्छ। त्यहाँ दुर्घटना बढी हुने गरेको छ।
इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार राजमार्गमा दुर्घटना परिहालेमा कि बिरामी पुर्याएर फर्किएको एम्बुलेन्स वा भाडामा स्थानीय सवारी साधन खोजेर तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था रहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण