Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विकट गाउँपालिकामा एम्बुलेन्स

विकट गाउँपालिकामा एम्बुलेन्स

चितवन : जिल्लाको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ।

जिल्लाको विकट यो गाउँपालिकामा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएपछि एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ। प्रदेश सरकारको अनुदानमा १० लाख ४७ हजार ३५५ रूपैयाँ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।

‘गाउँपालिकाभित्र आवश्यकताअनुसार पर्याप्त एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन्’, अध्यक्ष गुरुङले भनिन्, ‘यसलाई मध्यनजर गर्दै एम्बुलेन्स खरीद गरेका हौँ।’ गाउँपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने बताइएको छ।

यसैबीच यहाँको राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले भएका एम्बुलेन्सबाट मात्र सेवा प्रवाह गर्न कठिनाइ भएका छन्। इच्छाकामना गाउँपालिकाभित्र पर्ने मौवाखोलादेखि रिग्दिखोलासम्म ३५ किलोमिटर केन्द्रीय राजधानी छिर्ने मुख्य राजमार्ग पर्छ। त्यहाँ दुर्घटना बढी हुने गरेको छ।

इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार राजमार्गमा दुर्घटना परिहालेमा कि बिरामी पुर्याएर फर्किएको एम्बुलेन्स वा भाडामा स्थानीय सवारी साधन खोजेर तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार