Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रक्तसञ्चार केन्द्रमा रगत अभाव

रक्तसञ्चार केन्द्रमा रगत अभाव

सप्तरी : राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगत अभाव भएको केन्द्रले जनाएकाे छ।

अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताए। बिरामीका आफन्तहरूसँग रगत लिएर आवश्यकतालाई पूरा गरिरहेको झाकाे भनाइ छ।

उनले ‘ब्लड ग्रुपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरे पनि बिरामीको चापले यहाँ रगत अभाव देखिएको बताए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिकजसो पाँच\सात युनिट रगतको माग छ। रगत अभाव पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित विभिन्न संघसंस्थालाई  इन्चार्ज   झाले आह्वान गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार