रक्तसञ्चार केन्द्रमा रगत अभाव
सप्तरी : राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ। गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगत अभाव भएको केन्द्रले जनाएकाे छ।
अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताए। बिरामीका आफन्तहरूसँग रगत लिएर आवश्यकतालाई पूरा गरिरहेको झाकाे भनाइ छ।
उनले ‘ब्लड ग्रुपअनुसार सोही परिमाणमा रगत उपलब्ध गराउने गरे पनि बिरामीको चापले यहाँ रगत अभाव देखिएको बताए।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिकजसो पाँच\सात युनिट रगतको माग छ। रगत अभाव पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित विभिन्न संघसंस्थालाई इन्चार्ज झाले आह्वान गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण