Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण

सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण

भक्तपुर : बीपी नेत्र प्रतिष्ठानले प्रदेश ३ अन्तर्गत छ जिल्लाका सामुदायिक विद्यालयमा आँखा परीक्षण शुरु गरेको छ।

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ र मकवानपुरमा सो अभियान शुरु भएको प्रतिष्ठानका तालिम संयोजक राम केसीले जानकारी दिए। अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम शुरु गरिएको र यसपछि जिल्ला जिल्लामा विद्यालय छनोट गरी आँखा परीक्षण शुरु गरिने उनले बताए।

यसअघि बाँके, बर्दिया, सुर्खेत र जाजरकोटमा यो अभियान सञ्चालन भइसकेको र नमुना परीक्षणका क्रममा २० देखि २५ प्रतिशत विद्यार्थीमा दृष्टिदोष देखिएको र यस्ता समस्याका कारण विद्यार्थीको पढाइसमेत कमजोर हुने जनाइएको छ।

अभियानमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन भएका एक जिल्लाका २० विद्यालयमा प्रति विद्यालय २०० का दरले १२० विद्यालयका करीब २४ हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरी चश्मा वितरण गरिने भएको छ।

विद्यालय छनोट गर्दा छात्रा बढी भएका र कम्तीमा २०० विद्यार्थी भएका सामुदायिक माविलाई प्राथमिकता दिइने भएको छ। रेडक्रसका केन्द्रीय सदस्य तथा भक्तपुर शाखा सभापति मनोज थापाले परियोजनाअन्तर्गत नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा निःशुल्क चश्मा वितरण गरिने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार