Health TV Online
Health TV Online

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई तत्कालका लागि बिदा नदिने सरकारकाे निर्णय

डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई तत्कालका लागि बिदा नदिने सरकारकाे निर्णय

काठमाडौं : डेंगु प्रभावित क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले तत्काल बिदा नदिने भएकाे छ ।

देशभर डेंगुको त्रास फैलिएकाले डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन भएकाे भए पनि तत्कालका लागि कार्यान्वयन नहुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि समायोजनको पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको हो । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन पनि निर्देशन दिएको छ ।

यसका साथै मन्त्रालयले अर्को आदेश जारी नभएसम्म प्रसुति बिदा, अध्ययन बिदा र किरिया बिदा बाहेकका अन्य बिदा स्वीकृत नगर्न समेत निर्देशन दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार