डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई तत्कालका लागि बिदा नदिने सरकारकाे निर्णय
काठमाडौं : डेंगु प्रभावित क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले तत्काल बिदा नदिने भएकाे छ ।
देशभर डेंगुको त्रास फैलिएकाले डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन भएकाे भए पनि तत्कालका लागि कार्यान्वयन नहुने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि समायोजनको पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको हो । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन पनि निर्देशन दिएको छ ।
यसका साथै मन्त्रालयले अर्को आदेश जारी नभएसम्म प्रसुति बिदा, अध्ययन बिदा र किरिया बिदा बाहेकका अन्य बिदा स्वीकृत नगर्न समेत निर्देशन दिएको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त