Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गर्दै सीएमसीले निकाल्याे विज्ञप्ति

आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गर्दै सीएमसीले निकाल्याे विज्ञप्ति

चितवन: चितवन मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत कलेजका विद्यार्थीलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ ।

कलेजले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न अनुरोध गरिएको छ । विज्ञप्तिमा शिक्षा मन्त्रालय एवं त्रिभुवन विश्वविद्यालयको निर्देशन पूर्ण रुपमा पालना गरिने पनि उल्लेख छ ।

यसैगरी कलेज प्रशासनले आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेकोमा भने आपत्ति जनाएको छ । आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा होहल्ला गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता काम तत्काल रोकिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयले बनाएका नीति नियम र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता समेत जनाइएको छ । कलेज सम्बन्धित मागमा वार्ता र संवादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न माग राखेर आन्दोलन गरिरहेका चितवन मेडिकल कलेजमा अध्ययनरत छात्र  प्रकाश चन्दसहित १७ जना विद्यार्थी बुधबार बिहान पक्राउ परेपछि कलेजले विज्ञप्ति निकालेर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

 विज्ञप्ति:

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन