Health TV Online
Health TV Online

डेंगुका बिरामीको स्वास्थ्य परीक्षण निःशुल्क

डेंगुका बिरामीको स्वास्थ्य परीक्षण निःशुल्क

बुटवल : चौराहा अस्पतालले डेंगुका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले  डेंगुको लक्षण देखिएका बिरामीको स्वास्थ्य परीक्षण निःशुल्क रूपमा शुरु गरेको हो ।

अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले आर्थिक अभावका कारण कसैले पनि डेंगुको परिक्षण गर्न नसक्ने परिस्थिति नआओस् भन्ने उद्देश्यले निःशुल्क परीक्षण गरिएको बताए। एउटा बिरामीको डेंगुको परीक्षण गरेबापत लाग्ने आकस्मिक कक्षको टिकट शुल्क सहित उपचार खर्च निःशुल्क गरिएको उनकाे भनाइ छ।

अस्पतालले एक हजारसम्मको निःशुल्क परीक्षण गर्न पुग्ने गरी आवश्यक किट व्यवस्थापन गरेकाे जनाएको छ। अस्पतालमा ३४० जनाले ज्वरो परीक्षण गराएकामध्ये ३४ मा डेंगु भेटिएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार