डेंगुका बिरामीको स्वास्थ्य परीक्षण निःशुल्क
बुटवल : चौराहा अस्पतालले डेंगुका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले डेंगुको लक्षण देखिएका बिरामीको स्वास्थ्य परीक्षण निःशुल्क रूपमा शुरु गरेको हो ।
अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले आर्थिक अभावका कारण कसैले पनि डेंगुको परिक्षण गर्न नसक्ने परिस्थिति नआओस् भन्ने उद्देश्यले निःशुल्क परीक्षण गरिएको बताए। एउटा बिरामीको डेंगुको परीक्षण गरेबापत लाग्ने आकस्मिक कक्षको टिकट शुल्क सहित उपचार खर्च निःशुल्क गरिएको उनकाे भनाइ छ।
अस्पतालले एक हजारसम्मको निःशुल्क परीक्षण गर्न पुग्ने गरी आवश्यक किट व्यवस्थापन गरेकाे जनाएको छ। अस्पतालमा ३४० जनाले ज्वरो परीक्षण गराएकामध्ये ३४ मा डेंगु भेटिएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा