Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिंगापुरमा राखिएकाे मुटुकाे ‘क्याथेटर’ शिक्षण अस्पतालमा निकालियाे

सिंगापुरमा राखिएकाे मुटुकाे ‘क्याथेटर’ शिक्षण अस्पतालमा निकालियाे

काठमाडौं : सिंगापुरमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको ‘क्याथेटर’ त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरूले बुधबार बिहान प्रधानमन्त्रीको मुटुमा रहेको क्याथेटर निकालेका हुन्।

सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गर्दा प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिए। प्रधानमन्त्रीलाई अहिले अन्य केही समस्या नरहेको उनले बताए।

१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा उपचार गराउन पुगेका थिए। मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि त्यहाँ प्लाज्मा फेरेसिस विधिबाट उनको उपचार गरिएको थियो ।

नियमित स्वास्थ्य जाँचपछि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार