Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हात्तीपाइले परीक्षणका लागि विद्यालय ‘सर्भे’ शुरु

हात्तीपाइले परीक्षणका लागि विद्यालय ‘सर्भे’ शुरु

इलाम : हात्तीपाइले संक्रमण भएको वा नभएको थाहा पाउन विद्यालयस्तरीय ‘सर्भे’ शुरु गरिएको छ। हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी गर्न सर्भे गर्न लागिएको हो।

इलामका ५० र पाँचथरका ४० विद्यालयमा गरी एक हजार ५५२ विद्यार्थीको रगत जाँचिनेछ। स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर एउटा कीटको सहायताले रगत परीक्षण गर्ने बताइएकाे छ।

‘टान्समिसन सिसमेन्ट सर्भे’ नामक सर्भे यही भदौ २२ गतेबाट इलाम र पाँचथरमा शुरु गरिएको छ। सर्भे विद्यालयस्तरका बालबालिकालाई मात्र गरिने जनाइएको छ। कक्षा १ र २ का विद्यार्थीमा यो परीक्षण गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर सुपरीवेक्षक विमल दाहालले जानकारी दिए।

हात्तीपाइलेको लक्षण भए पनि रोग भने लामो समयपछि मात्र देखापर्ने भएकाले बालबालिकामा सर्भे थालिएको हो। जिल्लामा हालसम्म आठ पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइसकिएको छ भने दुई पटक सर्भे भइसकेको छ। तीन वर्षअघि गरिएको सर्भेमा पनि इलाम हात्तीपाइलेको जोखिममा परेपछि औषधि पुनः खुवाइएको थियो। इलाम र पाँचथरमा गत वर्ष दोहोर्याएर गरिएको ‘प्रि ट्रान्समिसन एसिसमेन्ट सर्भेमा’ एक प्रतिशतभन्दा कममा मात्रै हात्तीपाइले रोगको परजीवी पाइएको थियो।

छ चरणको आम औषधि सेवन अभियानपश्चात् गरिएको सर्भेमा दुवै जिल्ला विफल भएका थिए । पहिलो सर्भेमा इलाममा छ सयको रगत परीक्षण गर्दा १५ जनामा हात्तीपाइले जीवाणु फेला परेको थियो भने पाँचथरमा छ सयको रगत परीक्षण गर्दा १० जनामा जीवाणु फेला परेको थियो।

त्यसपछि दुई चरण आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिएको थियो। गतवर्ष दोहोर्याएर गरिएको प्रि ट्रान्समिसन सर्भेमा इलाममा छ सयजनाको रगत परीक्षण गर्दा पाँचजना र पाँचथरमा दुईजनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार