आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थी पक्राउ
चितवन : चितवन मेडिकल कलेज (सीएमसी) मा आन्दोलनरत १० भन्दा बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियमविपरित शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजमा जारी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो।
आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको भन्दै अस्पतालले पत्राचार गरेपछि विद्यार्थीरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी शालिग्राम शर्माले बताए।
उनका अनुसार पक्राउ पर्नेमा सोही मेडिकल कलेजमा अध्ययनरत तथा विद्यार्थी संर्घष समितिका अध्यक्ष समेत रहेका प्रकाश चन्दसहित १० बढी विद्यार्थी छन्।
सरकारले तोकेको अधिकतम शुल्कबाहेक नै विभिन्न बहानामा शुल्क असुली गरेको भन्दै कलेजका विद्यार्थीले केहीदिन यता आन्दोलन गर्दै आएका थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित