Health TV Online
Health TV Online
Health TV Online

अर्बुद रोगपीडितलाई १२ लाख सहयाेग

अर्बुद रोगपीडितलाई १२ लाख सहयाेग

पर्वत : कुश्मा नगरपालिका–४ का अर्बुद रोगपीडित मीनबहादुर परियारलाई १२ लाख सहयोग हस्तान्तरण गरिएको छ।

पीडित परियारको उपचारका लागि थालिएको सहयोग अभियानबाट संकलित ११ लाख ७४ हजार रुपैयाँ मंगलबार हस्तान्तरण गरिएको हो ।

पत्रकार रामकृष्ण लामिछानेको सक्रियतामा सङ्कलन भएको रकम एकमुष्ट रूपमा परियारलाई हस्तान्तरण गरिएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले रकमको चेक पीडित परियारकै घरमा पुगेर हस्तान्तरण गरे।

उक्त अभियानको शुरुआत गरेका पत्रकार लामिछानेले आफूले शुरु गरेको अभियानले मीन परियारको उपचारका लागि थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे।

परियारका लागि आइतबार मात्रै तरुण दल पर्वतले दुई लाख ६६ हजार रुपैयाँ सहयोग गरेको थियो । परिवारका अनुसार अहिलेसम्म उपचारमा ५० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ। साथै हाल साउदीअरबमा रहेका राबहादुर खवासमार्फत प्राप्त भएको ८५ हजार ६०५ रूपैयाँ पनि हस्तान्तरण गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार