सुत्केरीलाई एम्बुलेन्स भाडा
मेलम्ची : बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलालाई एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ। समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा दिने योजना अघि सारेको हो।
नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स भाडावापतको रकम उपलब्ध गराउने नगरपालिले जनाएको छ। समयमै स्वास्थ्य केन्द्रमा पुग्न नसक्दा कयौँले ज्यान गुमाउने गरेकाले एम्बुलेन्सको भाडा उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ।
नगरपालिकाका अनुसार बाह्रबिसेदेखि धुलिखेलसम्मका लागि एम्बुलेन्स भाडावापत चार हजार रूपैयाँ उपलब्ध गराइने छ। बाह्रबिसेदेखि काठमाडौँ पुर्याउनुपर्ने सुत्केरीलाई पाँच हजारका दरले एम्बुलेन्स भाडा प्रदान गरिनेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण