चाप बढेपछि अस्पतालबाट फर्किँदै बिरामी
बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट बिरामी फर्किन थालेका छन्। अस्पतालका सबै बेड भरिएपछि उपचारका लागि आएका बिरामी फर्किएका हुन्।
सरकारी अस्पतालमा डेंगु र भाइरल ज्वरोका बिरामीको चाप बढेपछि बिरामी महंगो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जान बाध्य छन्।
बेड अभाव भएपछि कतिपय बिरामीको भुइँमै राखेर उपचार भइएको छ। भाइरल ज्वरो र डेंगुको संक्रमण बढेपछि अस्पतालको आकस्मिक कक्षमा रहेका सबै बेड बिरामीले भरिएका छन्। ठाउँ अभाव भएपछि आकस्मिक कक्षमा रहेका २४ वटै बेडमा दुईदेखि तीनसम्म बिरामी राखेर उपचार गर्न थालिएकाे छ।
एउटै बेडमा तीनसम्म बस्नु पर्दा समस्या भएको बिरामीको गुनासो छ। ठाउँ अभावले एउटै बेडमा महिला र पुरुष राख्दा झनै समस्या भएको छ।‘राम्रोसँग सुत्न मिल्दैन, शरीर दुखेर अडिन सकेको छैन, महिला भएको बेडमा कसरी सुत्नु’ डेंगुको उपचारका लागि अस्पतालमा भर्ना भएका बुटवल हाटबजारका रोशन कुमारले भने। ‘ज्वरोले शरीर दुखेर बस्न मिलेको छैन, सुत्नलाई ठाउँ पुग्दैन’, अस्पतालमा उपचारका लागि भर्ना भएकी अर्घाखाँची नरपानीकी अम्बिका पाण्डेले भनिन्।
अस्पतालमा दैनिक एक हजार १०० बिरामीले सेवा लिँदै आएका छन्। आकस्मिक कक्षमा मात्रै दैनिक २०० जनाको उपचार हुने गरेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा कृष्ण खनालले जानकारी दिए।
भदौको शुरुआतदेखि जिल्लामा डेंगु र भाइरल ज्वरोको प्रकोप बढेपछि लुम्बिनी प्रादेशिक मात्र नभई जिल्लाका सबै अस्पतालमा बिरामीको चाप छ। पछिल्लो एक हप्तामा डेंगुको संक्रमण बढेपछि अस्पतालमा बिरामीको चाप झनै बढेको छ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसहित बुटवल हस्पिटल प्रालि, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल मणिग्राम तथा भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा बिरामीको चाप बढेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित