गण्डकी प्रदेशमा एक हजार नाघे डेंगु संक्रमित
पाेखरा : गण्डकी प्रदेशमा डेंगु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ। यीमध्ये ७९४ जना पोखरा महानगरपालिकाका हुन्। डेंगु प्रभावितमध्ये अन्य तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका छन्। यो संख्या सोमबार साँझसम्मको हो।
४१ दिनको अवधिमा यो संख्याका मानिस डेंगु संक्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए।
रोगको लक्षण देखिएपछि कम्तीमा एक साता अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने र क्रमिक रूपमा सुधार हुँदै गएपछि बिरामीलाई चिकित्सकको निगरानीमा घरमै बसेर उपचार गराउन थालिएको महाशाखा प्रमुख शर्माले बताए।
डेंगु रोगको उपचारमा संलग्न रहेका डा. भोजराज गौतमले २० देखि ३० डिग्रीको तापक्रममा यसकाे सङ्क्रमण हुने देखिएकाले असोज महिनासम्म प्रभाव रहने बताए। यसबाट बच्न एडिस जातको लामखुट्टेको बासस्थान नै नष्ट गर्न तदारुकता अपनाउनुपर्ने तर्क गरे।
रोग नियन्त्रण गर्न महानगरपालिकाले जनचेतनाका अभियानका साथै लामखुट्टेको बासस्थानलाई नष्ट पार्ने अभियान चलाए पनि प्रभावकारी हुन सकेकाे छैन।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा