Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

माैसमी ज्वराेका बिरामीले भरिए स्वास्थ्य संस्था

माैसमी ज्वराेका बिरामीले भरिए स्वास्थ्य संस्था

सल्यान : जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन्। मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।

भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका डा. प्रदीप शर्माले बताए। अस्पताल आउने अधिकांश बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र रुघाखोकी लाग्ने लक्षण देखिने गरेको उनले बताए। अस्पतालमा दैनिक ४० देखि ५० जना मौसमी ज्वरोको बिरामी आउने गरेका छन्।

‘जिल्ला अस्पताल सल्यानमा सामान्य अवस्थामा तीनदेखि पाँच जना ज्वरोका बिरामी आउँछन्। तर केही दिनदेखि ३० देखि ४० जना बिरामी आउन थालेका छन्’, डा. शर्माले भने।

अहिले मौसम परिवर्तनको समय भएकाले ज्वरोका बिरामी जिल्लाभरि नै बढेको डा. शर्माको भनाइ छ। भाइरल ज्वरो तथा रुघाखोकी पाँचदेखि सात दिनमा आफैँ निको हुने भए पनि कहिलेकाहीँ जोखिमसमेत हुनसक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार