Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज विश्व आत्महत्या रोकथाम दिवस

आज विश्व आत्महत्या रोकथाम दिवस

काठमाडाैं : सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। विश्वभर नै विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

आत्महत्याकाे रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्याविरुद्धको दिवस मनाइन्छ। यो वर्षको नारा ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ छ।

नेपालमा आर्थिक वर्ष २०७५\७६ मा नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ। विश्व स्वास्थ्य संगठनको सन् २०१६ को आत्महत्या दरको तथ्यांकअनुसार नेपाल ८१ औँ श्रेणीमा पर्छ।

विश्व स्वास्थ्य संगठनको  तथ्यांकअनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ।विश्वमा ४० सेकेण्डमा एकको मृत्यु आत्महत्याकै कारण हुने गरेको पाइन्छ। नेपालमा दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांकले देखाएकाे छ।

आत्महत्या बढी हुने देशमा कम आय र मध्यम आय रहेका देश छन्। तर अमेरिका, क्यानडा, जापानन, बेलायतसहितका देशमा पनि आत्महत्या बढेको छ। आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि विशेष गरी युवामा बढी छ। १५ देखि २९ वर्ष उमेरकाहरूमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७५\७६ मा नेपालमा पाँच हजार ७५४  जनाले आत्महत्या गरेकाे इपिडिमयाेलाेजी तथा राेग नियन्त्रण महाशाखाअन्तर्गत नसर्ने राेग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्र प्रसाद बरालले जानकारी दिए। आर्थिक वर्ष २०७४\७५ मा यो संख्या ५३ सय ४६ र आर्थिक वर्ष २०७३\७४ मा ५१ सय २४ थियो।

विश्व आत्महत्या रोकथाम दिवसकाे अवसरमा साेमबार राजधानीमा आयाेजित कार्यक्रममा समाजमा रहेका सबै मानिसकाे प्रयत्न भए आत्महत्या धेरै हदसम्म घट्ने धारणा विज्ञहरूले राखे। दिवसकै अवसर पारेर मन्त्रालय तथा मातहतका निकायकाे पहलमा मंगलबार बिहान काठमाडाैंकाे भद्रकालीबाट टेकुसम्म जनचेतनामूलक र्याली निकालियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार