Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ललितपुरमा २० जनालाई डेंगु

ललितपुरमा २० जनालाई डेंगु

ललितपुर : जिल्लाका विभिन्न अस्पतालमा अहिले डेंगु लागेका ६५ बिरामी उपचाररत छन्। यीमध्ये २० जना ललितपुरकै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयले सोमबार सरोकारवालासँग डेंगु नियन्त्रणका विषयमा छलफल चलाएको छ। डेंगु लाग्दैमा बिरामीको मृत्यु भइहाल्छ भन्ने भ्रम फैलिएकाले वास्तविक कुरा बुझाउन कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख खगेश्वर गेलालले बताए। भ्रमका कारण बिरामी त्रासमा रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

ललितपुरमा शुरुमा धापाखेलस्थित जेम्स स्कुलका एक विद्यार्थीलाई डेंगु संक्रमण देखिएको थियो। तर पनि काठमाडौंको तुलनामा ललितपुरमा संक्रमितको संख्या न्यून रहेकाे बताइएकाे छ।

ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगुका बिरामी देखिएका छन्। गोदावरी नगरपालिकाले बिरामीबारे रिपोर्ट नभएको जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार