ललितपुरमा २० जनालाई डेंगु
ललितपुर : जिल्लाका विभिन्न अस्पतालमा अहिले डेंगु लागेका ६५ बिरामी उपचाररत छन्। यीमध्ये २० जना ललितपुरकै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयले सोमबार सरोकारवालासँग डेंगु नियन्त्रणका विषयमा छलफल चलाएको छ। डेंगु लाग्दैमा बिरामीको मृत्यु भइहाल्छ भन्ने भ्रम फैलिएकाले वास्तविक कुरा बुझाउन कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख खगेश्वर गेलालले बताए। भ्रमका कारण बिरामी त्रासमा रहेको स्वास्थ्यकर्मीले बताएका छन्।
ललितपुरमा शुरुमा धापाखेलस्थित जेम्स स्कुलका एक विद्यार्थीलाई डेंगु संक्रमण देखिएको थियो। तर पनि काठमाडौंको तुलनामा ललितपुरमा संक्रमितको संख्या न्यून रहेकाे बताइएकाे छ।
ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगुका बिरामी देखिएका छन्। गोदावरी नगरपालिकाले बिरामीबारे रिपोर्ट नभएको जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा