Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नवलपरासीमा डेंगु परीक्षण गर्ने किट अभाव

नवलपरासीमा डेंगु परीक्षण गर्ने किट अभाव

नवलपरासी : पूर्वी नवलपरासीमा भदौको पहिलो सातामा देखा परेको डेंगु रोगबाट अहिलेसम्म ७२ जना संक्रमित भएका छन्।

एकै स्थानमा ५२ जनासम्म संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। डेंगु रोग फैलिएसँगै स्वास्थ्य संस्थामा किट अभाव भएको छ। रोग परीक्षणका लागि आवश्यक पर्ने किट अभाव हुन थालेपछि सर्वसाधारणले महंगोमा खरिद गरेर उपचार गर्न बाध्य भएका छन्।

रोगको संक्रमण फैलिए पनि स्थानीय, प्रदेश र संघीय सरकारले किटको व्यवस्था गर्न नसक्दा बिरामीले महंगोमा खरिद गर्नु परेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख खेम केसीले जानकारी दिए। बाहिर खरिद गर्ने किटको मूल्य ५ सयदेखि ८ सय रूपैयाँसम्म पर्ने गरेको उनले जानकारी दिए। प्रदेश सरकारले मध्यविन्दु नगरपालिकामा पठाएको किट समेत सकिएको छ।

गैंडाकोट नगरपालिका क्षेत्रमा ५२ जनामा डेंगुको संक्रमण देखिएको छ। त्यसैगरी देवचुली नगरपालिकामा १०, कावासोतीमा ९ र मध्यविन्दु नगरपालिकामा १ जनामा डेंगुको संक्रमण देखिएको छ।

चितवन मेडिकल कलेज, स्थानीय अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

थप समाचार