डेंगुकाे त्रास : चितवनका अस्पताल पनि भरिभराउ
भरतपुर : भरतपुर अस्पतालमा सोमबार मात्र ओपीडीमा १६ सय ५० भन्दा बढी बिरामी उपचारका लागि आए। आकस्मिक कक्षमा २४३ जनाले जँचाए। उनीहरूमध्ये आधाभन्दा बढी डेंगुको आशंकामा उपचार गराउन आएका थिए।
मेडिकल विभागको ओडीपीमा ५ जना कन्सल्ट्यान्ट र ३ जना मेडिकल अफिसरलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ। विभागका प्रमुख डा. प्रकाश खतिवडाले अस्पतालमा ज्वरो र डेंगुका बिरामी अधिक आउने गरेको बताए।
६ सय शय्या क्षमताको अस्पतालमा कुनै पनि शय्या खाली छैन। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालले बिरामीको चाप थेग्न सक्ने अवस्था नै छैन।
भरतपुर मात्र होइन, जिल्लाका दुई मेडिकल कलेज र निजी अस्पतालहरूमा डेंगु परीक्षण र उपचार गराउन पुग्नेहरूको संख्या ठूलो छ। चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले दैनिक ५/६ सयसम्म भाइरल ज्वरो र डेंगुका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिए।
भरतपुर मेडिकल कलेजमा पनि ज्वरोका बिरामी दैनिक औसत दुई सय आउने गरेका छन् । निजी अस्पतालहरूमा समेत बिरामीहरूको अत्यधिक चाप छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा