Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सर्पदंश उपचार केन्द्रलाई उपकरण

सर्पदंश उपचार केन्द्रलाई उपकरण

महोत्तरी  : बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपकरण थपिएपछि जटिल प्रकृतिका बिरामीको उपचार सहज बनेको छ।

पछिल्लोपटक विपद् व्यवस्थापन र अन्य सामाजिक गतिविधिमा सरिक रहँदै आएको इन्हुरेड इन्टरनेसनल संस्थाले हाइभ्याकुम सक्सेन यन्त्र केन्द्रलाई उपलब्ध गराएको छ। सो उपकरणबाट बिरामीको घाँटीमा बसेको कफ र फिज हटाउन सकिने सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए। सर्पले टोकेका बिरामीलाई घाँटीमा बस्ने कफ र मुखबाट निस्किने फिँजले निकै गाह्रो पर्ने गरेकाे थियाे।

यस्ता जटिल प्रकृतिका बिरामीलाई अब अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था अन्त्य भएको केन्द्रले जनाएको छ  सीमित साधन स्रोतभित्र पनि बिरामीको सेवा र उपचारमा केन्द्रले देखाउँदै तत्परता र समर्पण भाव देखेर अहिले तत्काल हाइभ्याकुम सक्सेन यन्त्र उपलब्ध गराइएको इन्हुरेड इन्टरनेशनलका महासचिव बीपी अधिकारीले जानकारी दिए। केन्द्रलाई अब जटिल प्रकृतिका बिरामीको उपचारमा भेन्टिलेटरको आवश्यकता रहेको केन्द्रका अध्यक्ष देवकोटाले बताए।

२०७१ साउन ३१ गते स्थापना भएको केन्द्रमा हालसम्म तीन हजारभन्दा बढीले उपचार पाएका छन । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन्। यसबाहेक छिमेकको धनुषा जिल्लाको मिथिला, सर्लाहीको ईश्वरपुर र सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका बर्दिवासँगै साध जोडिएका हुँदा ती क्षेत्रबाट पनि सर्पदंशका बिरामी यहाँ आउने गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार