मन्त्री खनाल अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
ग्रान्डी अस्पतालले सोमबार प्रेस विज्ञप्ति निकालेर स्वास्थ्यमा सुधार आएपछि मन्त्री खनाललाई डिस्चार्ज गरेको जानकारी दिएको हो। उनलाई डेंगु संक्रमण भएकाे पत्ता लागेपछि मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विनय रेग्मी, डा. प्रजोल श्रेष्ठ, डा. प्रभात अधिकारी र डा. सुभाषप्रसाद आचार्यलगायतको टिम बनाएर ६ दिनसम्म उपचार गरेको अस्पतालले जनाएको छ।
मन्त्री खनालका प्रेस सल्लाहकार बोमलाल गिरीले उनलाई चिकित्सकले अझ केही दिन आराम गर्न सुझाव दिएकाले अहिले नियमित काममा नफर्की आराम गर्ने बताए।
डेंगु संक्रमण देखिएपछि गत भदौ १८ गते उनी अस्पताल भर्ना भएका थिए।
अस्पातालद्वारा प्रेषित प्रेस विज्ञप्ति—






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा