Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मन्त्री खनाल अस्पतालबाट ‘डिस्चार्ज’

मन्त्री खनाल अस्पतालबाट  ‘डिस्चार्ज’

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।

ग्रान्डी अस्पतालले सोमबार प्रेस विज्ञप्ति निकालेर स्वास्थ्यमा सुधार आएपछि मन्त्री खनाललाई डिस्चार्ज गरेको जानकारी दिएको हो। उनलाई डेंगु स‌ंक्रमण भएकाे पत्ता लागेपछि मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विनय रेग्मी, डा. प्रजोल श्रेष्ठ, डा. प्रभात अधिकारी र डा. सुभाषप्रसाद आचार्यलगायतको टिम बनाएर ६ दिनसम्म उपचार गरेको अस्पतालले जनाएको छ।

मन्त्री खनालका प्रेस सल्लाहकार बोमलाल गिरीले उनलाई चिकित्सकले अझ केही दिन आराम गर्न सुझाव दिएकाले अहिले नियमित काममा नफर्की आराम गर्ने बताए।

डेंगु संक्रमण देखिएपछि गत भदौ १८ गते उनी अस्पताल भर्ना भएका थिए।

अस्पातालद्वारा प्रेषित प्रेस विज्ञप्ति—

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार