Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कञ्चनपुरमा पाँचजनालाई डेंगु

कञ्चनपुरमा पाँचजनालाई डेंगु

कञ्चनपुर : डेंगुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेंगुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको पाइएको छ।

वेदकोटका तीन जनाको निकटवर्ती भारतीय निजी अस्पताल र कृष्णपुरका एक जनाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको निरीक्षक जोशीले बताए। महाकाली अञ्चल अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

शहरी क्षेत्रमा मात्रै बढी देखिने डेंगु ग्रामीण क्षेत्रमा देखिन थालेको उनले बताए। भारतबाट काम गरी फर्केकामा डेंगुको संक्रमण बढी देखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार