Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला डायलासिस गर्ने औषधिकाे कालोबजारी

मिर्गौला डायलासिस गर्ने औषधिकाे कालोबजारी

भक्तपुर : मिर्गौलामा समस्या भएका बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएको गुनासो सरोकारवालाले गरेका छन्।

भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितले सरकारले निःशुल्क भनेको डाइलोसिस सेवा लिन आफूहरूले बढी रकम तिरेर कालोबजारीमा औषधि किन्नु परेको गुनासो गरेका हुन्।

सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले बिरामीलाई औषधि नदिई मूल्य वृद्धि गरेपछि बिरामीले बाध्य भएर महँगोमा औषधि किनेर डायलासिस गर्नु परेको गुनासो गरेका हुन्। मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले सरकारले गत साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलासिस गर्ने प्रविधि ‘सीएपीडी फ्युड’को मूल्य प्रति प्याकेट ४०८ निर्धारण गरेको तर बिक्रेताले ४३० भन्दा घटेर नदिएपछि बिरामीले बाध्य भएर औषधिको बढी मूल्य तिर्नु परेको बताए।

उक्त औषधि आयात गरी बिक्री गर्ने नेपालको एक मात्र बिक्रेता डीके मेडी सेल्सले सरकारले निर्धारण गरेको मुल्यमा औषधि दिन नसक्ने भनेर बिक्री रोकेपछि ज्यान जोगाउन बाध्य भएर बिरामीले पैसा तिर्नुपरेको उनले बताए। शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाट स्वीकृत पत्र लिएर बिक्रेताबाट निःशुल्क औषधि लिँदै आएका बिरामीले औषधि नपाएपछि सोझै कम्पनीसँग सरकारले दिने रकमबाट प्रतिप्याकेट थप २२ तिरेर औषधि किन्नु परेको सुवेदीले गुनासाे गरे।

दैनिक तीन प्याकेट औषधि निःशुल्क प्राप्त हुनुपर्नेमा ६६ का दरले मासिक एक हजार ९८० थप तिर्नु परेकाले अस्पतालबाटै निःशुल्क औषधि दिने व्यवस्था गर्न सरकारसँग बिरामीले माग गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार