Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगुले याे वर्ष ६ जनाकाे मृत्यु, चार हजार संक्रमित

डेंगुले याे वर्ष ६ जनाकाे मृत्यु, चार हजार संक्रमित

काठमाडाैं : याे वर्ष डेंगुका कारण अहिलेसम्म ६ जनाकाे मृत्यु भएकाे तथ्य सरकारले सार्वजनिक गरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको जनाएकाे हाे।

महाशाखाका अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक-एक जना गरी ६ जनाको ज्यान गएको छ।

६१ जिल्लाका तीन हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको महाशाखाकाे तथ्यांकले जनाएको छ। भदौ २२ गते आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ८३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २०१० जना र गण्डकी प्रदेशमा ८९६ जना संक्रमित भएका छन्।

यस्तै प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा तीनजना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी मुलुकभर तीन हजार ८ सय ९९ जना संक्रमित भएको महाशाखाले जनाएको हो।

महाशाखाको तथ्यांकअनुसार सबैभन्दा बढी प्रदेश ३ को चितवनमा एक हजार ३६ जना डेंगुबाट संक्रमित भएका छन्। त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७१५ जना संक्रमित भएका छन्।

हेर्नुहाेस् महाशाखाकाे तथ्यांक

थप समाचार