Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगुले याे वर्ष ६ जनाकाे मृत्यु, चार हजार संक्रमित

डेंगुले याे वर्ष ६ जनाकाे मृत्यु, चार हजार संक्रमित

काठमाडाैं : याे वर्ष डेंगुका कारण अहिलेसम्म ६ जनाकाे मृत्यु भएकाे तथ्य सरकारले सार्वजनिक गरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको जनाएकाे हाे।

महाशाखाका अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक-एक जना गरी ६ जनाको ज्यान गएको छ।

६१ जिल्लाका तीन हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको महाशाखाकाे तथ्यांकले जनाएको छ। भदौ २२ गते आइतबारसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ८३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २०१० जना र गण्डकी प्रदेशमा ८९६ जना संक्रमित भएका छन्।

यस्तै प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा तीनजना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी मुलुकभर तीन हजार ८ सय ९९ जना संक्रमित भएको महाशाखाले जनाएको हो।

महाशाखाको तथ्यांकअनुसार सबैभन्दा बढी प्रदेश ३ को चितवनमा एक हजार ३६ जना डेंगुबाट संक्रमित भएका छन्। त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७१५ जना संक्रमित भएका छन्।

हेर्नुहाेस् महाशाखाकाे तथ्यांक

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?