Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा भाइरल ज्वरोको बिरामीकाे चाप

अस्पतालमा भाइरल ज्वरोको बिरामीकाे चाप

सल्यान : जिल्लामा भाइरल ज्वरोको बिरामी बढेका छन्। मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरो र रुघाखोकीकाे समस्या देखिएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।

सल्यान अस्पताल सल्यानका अनुसार केही दिनयता बिरामीको चाप बढेको छ। तीमध्ये अधिकांश बिरामी भाइरल ज्वरो तथा रुघाखोकीका छन्। अस्पतालमा जाँच गराउन आउने बिरामीमा दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोको रहेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।

ज्वरोबाट प्रभावित बिरामीमध्ये अधिकांशको जिल्ला अस्पतालमै उपचार गरिएको छ भने जिल्लामा उपचार सम्भव नभएकालाई भने रिफर गरिएको अस्पतालका डा. प्रदीप शर्माले जानकारी दिए।

समयमै भाइरल ज्वरोको पहिचान भए जिल्लामै उपचार सम्भव भएको र पर्याप्त मात्रमा औषधी रहेको अस्पतालले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार