अस्पतालमा भाइरल ज्वरोको बिरामीकाे चाप
सल्यान : जिल्लामा भाइरल ज्वरोको बिरामी बढेका छन्। मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरो र रुघाखोकीकाे समस्या देखिएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।
सल्यान अस्पताल सल्यानका अनुसार केही दिनयता बिरामीको चाप बढेको छ। तीमध्ये अधिकांश बिरामी भाइरल ज्वरो तथा रुघाखोकीका छन्। अस्पतालमा जाँच गराउन आउने बिरामीमा दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोको रहेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।
ज्वरोबाट प्रभावित बिरामीमध्ये अधिकांशको जिल्ला अस्पतालमै उपचार गरिएको छ भने जिल्लामा उपचार सम्भव नभएकालाई भने रिफर गरिएको अस्पतालका डा. प्रदीप शर्माले जानकारी दिए।
समयमै भाइरल ज्वरोको पहिचान भए जिल्लामै उपचार सम्भव भएको र पर्याप्त मात्रमा औषधी रहेको अस्पतालले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण