मुस्ताङकाे लोमान्थाङमा पनि पुग्याे लामखुट्टे
मुस्ताङ : लोमान्थाङमा लामखुट्टे देखा पर्न थालेको छ। समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा पर्ने चिसो उपत्यकामा पनि लामखुट्टे देखिन थालेको हो।
यसपालिदेखि यहाँ लामखुट्टे देखिन थालेको स्थानीयले बताए। मोटर आएसँगै लोमान्थाङमा लामखुट्टे देखिन थालेको उनीहरूको तर्क छ।
मुस्ताङको सदरमुकाम जोमसोममा २०५३ सालमा पहिलो पटक लामखुट्टे देखिएको बताइन्छ। अहिले जोमसोममा लामखुट्टे देखिनु सामान्य भएको छ। तर, लोमान्थाङमा नै लामखुट्टे देखिनुलाई विज्ञहरूले आश्चर्य मानेका छन्।
पछिल्लो सममा सवारी साधन बेनी, पोखरा हुँदै एकैदिनमा मुस्ताङ पुग्छन्। गाडीको सिटमुनि रहेका लामखुट्टे सोझै लोमान्थाङसम्म पुगेको हुन सक्ने अनुमान छ।
हिमालपारिको जिल्ला मुस्ताङ ‘स्याडो रेन’ जोनको ररूपमा चिनिन्छ। तर, पछिल्ला वर्षहरूमा बढी पानी पर्न थालेको स्थानीयले बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?