Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुस्ताङकाे लोमान्थाङमा पनि पुग्याे लामखुट्टे

मुस्ताङकाे लोमान्थाङमा पनि पुग्याे लामखुट्टे

मुस्ताङ : लोमान्थाङमा लामखुट्टे देखा पर्न थालेको छ। समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा पर्ने चिसो उपत्यकामा पनि लामखुट्टे देखिन थालेको हो।

यसपालिदेखि यहाँ लामखुट्टे देखिन थालेको स्थानीयले बताए। मोटर आएसँगै लोमान्थाङमा लामखुट्टे देखिन थालेको उनीहरूको तर्क छ।

मुस्ताङको सदरमुकाम जोमसोममा २०५३ सालमा पहिलो पटक लामखुट्टे देखिएको बताइन्छ। अहिले जोमसोममा लामखुट्टे देखिनु सामान्य भएको छ। तर, लोमान्थाङमा नै लामखुट्टे देखिनुलाई विज्ञहरूले आश्चर्य मानेका छन्।

पछिल्लो सममा सवारी साधन बेनी, पोखरा हुँदै एकैदिनमा मुस्ताङ पुग्छन्। गाडीको सिटमुनि रहेका लामखुट्टे सोझै लोमान्थाङसम्म पुगेको हुन सक्ने अनुमान छ।

हिमालपारिको जिल्ला मुस्ताङ ‘स्याडो रेन’ जोनको ररूपमा चिनिन्छ। तर, पछिल्ला वर्षहरूमा बढी पानी पर्न थालेको स्थानीयले बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार