Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पूर्वमन्त्री यमी स्कुटर दुर्घटनामा घाइते, बी एन्ड बी अस्पतालमा उपचार

पूर्वमन्त्री यमी स्कुटर दुर्घटनामा घाइते, बी एन्ड बी अस्पतालमा उपचार

काठमाडौं : पूर्वमन्त्री हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन्।

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएकी हुन्। बीएण्ड बी अस्पतालमा उनको उपचार भइरहेको छ।

पार्टीको कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको यमीका पति बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए।

यमीको स्कुटरलाई बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर थियाे। स्कुटर हिसिलाकी सहयोगी एक युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।

यमीको अवस्था सामान्य रहेको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार