पूर्वमन्त्री यमी स्कुटर दुर्घटनामा घाइते, बी एन्ड बी अस्पतालमा उपचार
काठमाडौं : पूर्वमन्त्री हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन्।
पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएकी हुन्। बीएण्ड बी अस्पतालमा उनको उपचार भइरहेको छ।
पार्टीको कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको यमीका पति बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए।
यमीको स्कुटरलाई बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर थियाे। स्कुटर हिसिलाकी सहयोगी एक युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।
यमीको अवस्था सामान्य रहेको बताइएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित