पाेखरामा निःशुल्क फिजियोथेरापी शिविर
पोखरा : विश्व फिजियोथेरापी दिवसको अवसरमा निःशुल्क फिजियोथेरापी शिविर आयोजना गरिएको छ। नेपाल फिजियोथेरापी एसाेसियसन गण्डकीले स्कुल अफ हेल्थ एन्ड एलाइट्स साइन्सेसको सहयोगमा आइतबार पोखराको मानवअधिकार चोकमा शिविर गरेको हो।
शिविर १४८ लाई सेवा उपलब्ध गराइएको एसोसियसनका उपाध्यक्ष डाक्टर अजितकुमार पाण्डेले जानकारी दिए। शिविर उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै सरोकारवालासँग समन्वय गरी प्रदेशस्तरीय स्वास्थ्य ऐन बनाउने बताइन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले हाडजोर्नी र नशाका बिरामीका लागि औषधिभन्दा व्यायाम आवश्यक रहको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण