Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. सन्दुक रुइतलाई डेंगु संक्रमण

डा. सन्दुक रुइतलाई डेंगु संक्रमण

काठमाडौं : वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतलाई डेंगु देखिएको छ। डा. रुइतसहित उनका दुई छोरीलाई समेत डेंगुको संक्रमण देखिएपछि उनीहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालले उनीहरुमा डेंगुको संक्रमण देखिएको र ३ दिनदेखि उपचार भइरहेको जनाएको छ । गत वैशाख ३० मा धरानमा देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने ४ हजार बढी मानिस संक्रमित भइसकेका छन्। तर विज्ञहरुले यो संख्या भन्दा संक्रमितको संख्या धेरै नै भएको अनुमान गरेका छन्।

डेंगुकै कारण देशभर ६ जनाको मृत्यु भइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार