डा. सन्दुक रुइतलाई डेंगु संक्रमण
काठमाडौं : वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतलाई डेंगु देखिएको छ। डा. रुइतसहित उनका दुई छोरीलाई समेत डेंगुको संक्रमण देखिएपछि उनीहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालले उनीहरुमा डेंगुको संक्रमण देखिएको र ३ दिनदेखि उपचार भइरहेको जनाएको छ । गत वैशाख ३० मा धरानमा देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने ४ हजार बढी मानिस संक्रमित भइसकेका छन्। तर विज्ञहरुले यो संख्या भन्दा संक्रमितको संख्या धेरै नै भएको अनुमान गरेका छन्।
डेंगुकै कारण देशभर ६ जनाको मृत्यु भइसकेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?