Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्व फिजियोथेरापी दिवसमा स्पार्कमा निशुल्क शिविर

विश्व फिजियोथेरापी दिवसमा स्पार्कमा निशुल्क शिविर

काठमाडौं : विश्व फिजियोथेरापी दिवसको अवसर पारेर कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

अस्पतालले दिवसको अवसरमा बिरामीका लागि निशुल्क शिविर समेत सञ्चालन गरेको छ । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

फिजियोथेरापी हाडजोर्नी, नशा च्यापिएका, प्यारालाइसिस लगायतका रोग भएका मानिसमा बढी प्रभावकारी मानिन्छ ।

विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशी नशा हाडजोर्नीको पीडा कम गर्न पनि फिजियोथेरापी गर्न सकिन्छ।

स्पार्क अस्पतालले २७ वर्षअघि सानो एउटा कोठाबाट शुरु गरेको फिजियोथेरापी सेवा हाल अत्याधुनिक मेशिन सहित सबै खालका फिजियोथेरापी ‘टुल’ प्रयोग गरेर सेवा दिइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार