विश्व फिजियोथेरापी दिवसमा स्पार्कमा निशुल्क शिविर
काठमाडौं : विश्व फिजियोथेरापी दिवसको अवसर पारेर कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
अस्पतालले दिवसको अवसरमा बिरामीका लागि निशुल्क शिविर समेत सञ्चालन गरेको छ । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।
फिजियोथेरापी हाडजोर्नी, नशा च्यापिएका, प्यारालाइसिस लगायतका रोग भएका मानिसमा बढी प्रभावकारी मानिन्छ ।
विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशी नशा हाडजोर्नीको पीडा कम गर्न पनि फिजियोथेरापी गर्न सकिन्छ।
स्पार्क अस्पतालले २७ वर्षअघि सानो एउटा कोठाबाट शुरु गरेको फिजियोथेरापी सेवा हाल अत्याधुनिक मेशिन सहित सबै खालका फिजियोथेरापी ‘टुल’ प्रयोग गरेर सेवा दिइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?