Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वंशाणुगत रोग परीक्षणवारे छलफल

वंशाणुगत रोग परीक्षणवारे छलफल

ललितपुर:  गर्भावस्थामा आमाको वंशाणुगत परीक्षण गरेर बच्चामा हुनसक्ने विभिन्न किसिमका डाउन सिन्ड्रोम समस्या कसरी पहिचान गर्न सकिन्छ भन्ने विषयमा राजधानीमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा नीलम ठाकुरले स्वस्थ बच्चा जन्माउनका लागि केही वंशाणुगत रोगका परीक्षण गरेर ढुक्क हुनुपर्ने बताइन् ।

५० जना भन्दा बढी वरिष्ठ स्त्री रोग विशेषज्ञहरु सहभागी भएको कार्यक्रममा डा ठाकुरले बच्चा आमाको पेटमा हुँदा गरिने एनआइपीटी टेस्टले बच्चामा डाउन सिन्ड्रोम भए नभएको पत्ता लाग्ने बताइन् । उनले भनिन, त्यो टेस्ट पहिले नेपालमा नभएर हामीले भारत वा अन्य देश पठाउनु पर्दथ्यो अब भने देश भित्रै वंशाणुगत रोगको सम्पूर्ण परीक्षण सम्भव भएको छ । यति मात्र गर्न सके ९९ प्रतिशत समस्या भए नभएको थाहा हुन्छ उनले थपिन।

 

यो सँगै बारम्बार बच्चा खेर गइरहनु वंशाणुगत रोगको कारण हुनसक्ने भन्दै यसबारेमा पनि विशेषज्ञ चिकित्सक चनाखो भएर परीक्षण गराउनुपर्नेमा उनको जोड थियो ।

अन्य विकसित देशमा यस्ता परीक्षणलाई गर्भावस्थामा अनिवार्य गरेको भए पनि नेपालमा भने यसतर्फ ध्यान दिएको पाइँदैन जसले गर्दा आमाहरु डाउन सिन्ड्रोम र अन्य यस्तै समस्या भएका बच्चा जन्माउन बाध्य हुने गरेका छन्। उनले थपिन ।

कार्यक्रममा सिंगापुरबाट आएका वंशाणुगत परीक्षणमा पीएचडी गरेका विशेषज्ञ डा माइकल रिचर्डसले प्रजनन वंशाणुगत परीक्षणका बारेमा प्रस्तुती दिएका थिए ।

नोभा इन्टरनेशनल डाइग्नोष्टिकले नेपालमै पहिलोपटक वंशाणुगत रोगको सम्पूर्ण परीक्षण गर्न सकिने अत्याधुनिक ल्याब स्थापना गरेसँगै अब भने वंशाणुगत रोगको कुनै पनि परीक्षण देश बाहिर पठाउन नपर्ने भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार