जथाभावी बेचिन्छन् गर्भपतनका औषधि
उदयपुर : जिल्लामा रहेका अधिकांश मेडिकल तथा औषधि पसलले खुलेयाम गर्भपतनका औषधि बिक्री गर्ने गरेका छन्। कटारी, बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाको मुख्य बजारमा अधिकांश पसलले यस्तो औषधि जथाभावी रूपमा बेच्ने गरेका हुन्।
गाईघाट, बेल्टार र रामपुर बजारसँगै ग्रामीण क्षेत्रका बजारमा समेत गर्भपतका औषधि सामान्य औषधि जस्तै बिक्री भइरहेको स्थानीय बासिन्दा बताउँछन्। भारतीय बजारबाट अवैध आयात गरिएका मेडावन, वान वानटेड, प्रिनेट, एमटिपी, आइपिल, प्रिमेन्टो नामका औषधि सबैले देख्नेगरी सजाएर राखिएका देखिन्छन्। यीमध्ये मेडावन नेपाल सरकारले मान्यता दिएको औषधि हो।
युवायुवतीले यस्ता औषधि परिवार नियोजनका साधनका रूपमा प्रयोग गरिरहेका छन्। ‘मेडिकल एबर्सन’का नाममा औषधिको गलत प्रयोगबाट धेरै महिलाको ज्यान जोखिममा परेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले यस्ता औषधिको नियमन तथा व्यवस्थापन गर्न रणनीति योजना आवश्यक रहेकाे बताए पनि स्थानीय तहमा कार्यान्वयन नहुँदा समस्या देखिएको हो।
औषधिको लापरबाहीपूर्ण प्रयोगबाट गर्भपतनपछि देखिने (पोस्ट एबर्सन केयर) जटिलता बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण