Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जथाभावी बेचिन्छन् गर्भपतनका औषधि

जथाभावी बेचिन्छन् गर्भपतनका औषधि

उदयपुर : जिल्लामा रहेका अधिकांश मेडिकल तथा औषधि पसलले खुलेयाम गर्भपतनका औषधि बिक्री गर्ने गरेका छन्। कटारी, बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाको मुख्य बजारमा अधिकांश पसलले यस्तो औषधि जथाभावी रूपमा बेच्ने गरेका हुन्।

गाईघाट, बेल्टार र रामपुर बजारसँगै ग्रामीण क्षेत्रका बजारमा समेत गर्भपतका औषधि सामान्य औषधि जस्तै बिक्री भइरहेको स्थानीय बासिन्दा बताउँछन्। भारतीय बजारबाट अवैध आयात गरिएका मेडावन, वान वानटेड, प्रिनेट, एमटिपी, आइपिल, प्रिमेन्टो नामका औषधि सबैले देख्नेगरी सजाएर राखिएका देखिन्छन्। यीमध्ये मेडावन नेपाल सरकारले मान्यता दिएको औषधि हो।

युवायुवतीले यस्ता औषधि परिवार नियोजनका साधनका रूपमा प्रयोग गरिरहेका छन्। ‘मेडिकल एबर्सन’का  नाममा औषधिको गलत प्रयोगबाट धेरै महिलाको ज्यान जोखिममा परेको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले यस्ता औषधिको नियमन तथा व्यवस्थापन गर्न रणनीति योजना आवश्यक रहेकाे बताए पनि स्थानीय तहमा कार्यान्वयन नहुँदा समस्या देखिएको हो।

औषधिको लापरबाहीपूर्ण प्रयोगबाट गर्भपतनपछि देखिने (पोस्ट एबर्सन केयर) जटिलता बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार