Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भक्तपुरमा डेंगुविरूद्ध अभियान शुरू

भक्तपुरमा डेंगुविरूद्ध अभियान शुरू

भक्तपुर : देशभर महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि जिल्लाव्यापी अभियान शुरु गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलपछि अभियान शुरु गरिएको हो ।

डेंगु रोगबाट बच्न स्वास्थ्य क्षेत्र, विद्यालय, स्थानीय तहलगायत नागरिक समाजबाट साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने र सामुदायिक तथा निजी विद्यालयहरूमा चेतनामूलक कार्यक्रम गर्ने गेलालले बताए।

जनचेतनामूलक पर्चा, तथा पम्प्लेट तयार गरी सार्वजनिक स्थान, विद्यालयलगायत क्षेत्रबाट वितरण गरी घरघरमा पुर्याउने, सबै सरकारी तथा निजी अस्पतालले डेंगु रोगको उपचारका लागि ‘र्यापिड रेस्पोन्स टिम’ तयार गरी तत्काल काम गर्ने बताइएकाे छ। साथै जिल्ला स्वास्थ्य कार्यालयले एक नगरपालिकामा तीन जनाका दरले स्वास्थ्य क्षेत्रका अधिकृतलाई सहजकर्ताका रूपमा खटाउने भएको छ।

उक्त रोग नियन्त्रणका लागि वरिष्ठ जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि रहनेगरी जिल्लास्तरीय सो टोली गठन गरेर विभिन्न कार्यक्रम अगाडि बढाइएको कार्यालयका अधिकृत कृष्णबहादुर मिजारले बताए।

सूर्यविनायक नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली र चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जिल्लामा महामारीका रूपमा फैलिन नदिन आवश्यक पहल शुरु गरिसकेकोे जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार