Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२२ हप्तामा जन्मियाे बच्चा, उपचारमा कठिनाइ

२२ हप्तामा जन्मियाे बच्चा, उपचारमा कठिनाइ

सोलुखुम्बु : थुलुङ दूधकोशी गाउँपालिका–५ की एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। २० वर्षीया सुष्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन्।

शुक्रबार बिहान जिल्ला अस्पताल फाप्लुमा बच्चा जन्माएको अस्पतालका प्रमुख डा. रमिन महर्जनले जानकारी दिए। जन्मिँदा ९०० ग्राम मात्र तौल  रहेको र गर्भावस्थाको उमेर नपुग्दै जन्मेकाले बच्चालाई अहिले एनआईसीयूमा अक्सिजन, स्लाइन दिएर राखिएको छ।

बच्चाको फोक्सोलगायत अंगको विकास नभइसकेकाले एनआईसीयूमा राखिएको अस्पतालले जनाएको छ। शनिबारसम्ममा शिशुको एक सय ग्राम तौल वृद्धि भइसकेको स्वास्थ्यकर्मीले बताएका छन्। ‘जिल्लामा बाल विशेषज्ञ छैनन्।

आमाको स्वास्थ्य सामान्य रहेको र डिस्चार्ज भइसकेको डा. महर्जनले बताए। बच्चालाई काठमाडौं लैजान परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जिल्लामै उपचार गरिरहेको चिकित्सकले बताएका छन्।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार