Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगुका बिरामी बढेसँगै रगत अभाव

डेंगुका बिरामी बढेसँगै रगत अभाव

चितवन : डेंगुका बिरामी बढेसँगै जिल्लामा रगत अभाव देखिएको छ। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार नियमित रक्तदान नहुँदा डेंगु संक्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्याउन कठिन भएको हो।

अस्पतालमा अहिले दैनिक १०० युनिट सेतो रगतको माग छ। केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन अस्पतालका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिए। सेतो रगतले ‘प्लेटलेट’ निर्माणका लागि सहयोग गर्छ। डेंगु संक्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको छ घण्टाभित्र बनाई सक्नुपर्छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान नहुँदा बिरामीको मागअनुसार रगत पुर्याउन नसकिएको हो। पछिल्लो समय डेंगु संक्रमित बढेपछि अझै थप समस्या देखिएको हो।

न्यौपानेका अनुसार जिल्लामा सेतो रगतसँगै रातो रगतको पनि माग बढेको छ । त्यसैले रक्तदान गर्न सबैलाई आह्वान गरिएको छ। अहिले रातो रगतको माग दैनिक ७० युनिट भए पनि ५० युनिट मात्रै पुर्याउन सकिएको उनको भनाइ छ।

केन्द्रले चितवन, तनहुँ, गोरखा र लमजुङ लगायत १० जिल्लाबाट रगत संकलनगर्दै आएको छ। असार साउनमा खेती गर्ने समय भएकाले रगतको अभाव भए पनि अहिले बिरामीको चाप बढेसँगै रगत अभाव देखिएको न्यौपानेको तर्क छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार