Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भाइरल ज्वरो र रुघाखोकी संक्रमणले गाउँ नै प्रभावित

भाइरल ज्वरो र रुघाखोकी संक्रमणले गाउँ नै प्रभावित

सुर्खेत : जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ गाउँमा भाइरल ज्वरो र रुघाखोकी संक्रमण फैलिएको छ। यो गाउँमा दुई सातादेखि भाइरल ज्यरोको संक्रमण फैलिएको छ।

उपचार र औषधि नहुँदा अहिले गाउँका अधिकांश बासिन्दा थलिएका छन्। अधिकांश गाउँले बिरामी भएपछि उनीहरूलाई उपचारका लागि बड्डिचौर र वीरेन्द्रनगर ल्याउन थालिएको छ।

गाउँमा सिटामोलसमेत नहुँदा बिरामी बोकेर उपचारका लागि ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन्। वराहताल–५ स्थित सामुदायिक स्वास्थ्य एकाइमा सिटामोलसमेत नभएको उनीहरूले जानकारी दिए।

भाइरलले थला परेका बिरामी दुई घण्टाको बाटो हिँडेर बड्डिचौर र वीरेन्द्रनगर आउने गरेका छन्। गाँउमा यातायातको पहुँच नभएकाले ‘स्ट्रेचर’मा बोकेर बिरामी ल्याउनुपर्दा झनै समस्या छ।

सामुदायिक स्वास्थ्य एकाइमा जाँदा सिटामोल पनि नपाइने गरेको स्थानीय बताउँछन्। दुई सातादेखि उपचारका लागि बिरामीको घुइँचाे लागेकाे सामुदायिक स्वास्थ्य एकाइ प्रमुख भुवन पौडेलले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार