भाइरल ज्वरो र रुघाखोकी संक्रमणले गाउँ नै प्रभावित
सुर्खेत : जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ गाउँमा भाइरल ज्वरो र रुघाखोकी संक्रमण फैलिएको छ। यो गाउँमा दुई सातादेखि भाइरल ज्यरोको संक्रमण फैलिएको छ।
उपचार र औषधि नहुँदा अहिले गाउँका अधिकांश बासिन्दा थलिएका छन्। अधिकांश गाउँले बिरामी भएपछि उनीहरूलाई उपचारका लागि बड्डिचौर र वीरेन्द्रनगर ल्याउन थालिएको छ।
गाउँमा सिटामोलसमेत नहुँदा बिरामी बोकेर उपचारका लागि ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन्। वराहताल–५ स्थित सामुदायिक स्वास्थ्य एकाइमा सिटामोलसमेत नभएको उनीहरूले जानकारी दिए।
भाइरलले थला परेका बिरामी दुई घण्टाको बाटो हिँडेर बड्डिचौर र वीरेन्द्रनगर आउने गरेका छन्। गाँउमा यातायातको पहुँच नभएकाले ‘स्ट्रेचर’मा बोकेर बिरामी ल्याउनुपर्दा झनै समस्या छ।
सामुदायिक स्वास्थ्य एकाइमा जाँदा सिटामोल पनि नपाइने गरेको स्थानीय बताउँछन्। दुई सातादेखि उपचारका लागि बिरामीको घुइँचाे लागेकाे सामुदायिक स्वास्थ्य एकाइ प्रमुख भुवन पौडेलले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?