Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर

जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर

जलेश्वर : नेपाल नेत्रज्योति संघ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा जलेश्वर कारागारका १२८ कैदीबन्दीले उपचार पाएका छन्।

संघले शनिबार गरेको शिविरमा १०२ पुरुष र २६ महिलाले सेवा लिएका हुन्। ६१ कैदीबन्दीमा आँखा पाकेकाे, ४२ मा चश्मासम्बन्धी समस्या, सात जनामा मासु पलाएकाे, छ जनामा मोतियाविन्दु समस्या फेला परेको दृष्टि विशेषज्ञ वीरेन्द्र यादवले बताए।

गत साउन महिनामा आएको बाढीका कारण जलेश्वर कारागार जलमग्न भएको थियो। विभिन्न रोगको संक्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्रज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको जेलर कन्हैयाकुमार मिश्रले बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार