जलेश्वर कारागारमा निःशुल्क आँखा शिविर
जलेश्वर : नेपाल नेत्रज्योति संघ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा जलेश्वर कारागारका १२८ कैदीबन्दीले उपचार पाएका छन्।
संघले शनिबार गरेको शिविरमा १०२ पुरुष र २६ महिलाले सेवा लिएका हुन्। ६१ कैदीबन्दीमा आँखा पाकेकाे, ४२ मा चश्मासम्बन्धी समस्या, सात जनामा मासु पलाएकाे, छ जनामा मोतियाविन्दु समस्या फेला परेको दृष्टि विशेषज्ञ वीरेन्द्र यादवले बताए।
गत साउन महिनामा आएको बाढीका कारण जलेश्वर कारागार जलमग्न भएको थियो। विभिन्न रोगको संक्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्रज्योति सङ्घ, नेपाल रेडक्रस सोसाइटीले कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको जेलर कन्हैयाकुमार मिश्रले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?