गोदाममै थन्कियो चार मेट्रिक टन जडीबुटी
नेपालगञ्ज : भारतले सूचीकरण नगर्दा नेपालगञ्ज नाकामा करिब चार हजार मेट्रिक टन जडीबुटी थन्किएको छ।
भारत सरकारले आफ्नो देशको ‘प्लान्ट क्वारेन्टाइन’मा सूचीकृत नभएका जडीबुटी निकासी बन्द गरेपछि नेपालका विभिन्न नाकामा करिब १५ हजार मेट्रिक टन जडीबुटी नेपालका विभिन्न नाकामा थन्किएको हो।
भारतले निकासी बन्द गरेपछि ६ महिनादेखि नाकामा जडिबुटी थन्किएको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए।
५४ प्रकारका जडीबुटी गोदाममा थन्किएका छन्। भारतले दालचिनी, पाखनवेद, चुत्राको बोक्रा, सिकाकाई, पदमचाल, अमला, अश्वगन्धा, जटामसी, रिट्ठा, कुट्की, अमलवेद, तेजपात, चुत्राको काठ, टिमुर, सुगन्धवाल र क्यामोमाइलको तेल सूचीकरणमा राखेको छैन।
केही वर्षदेखि ट्रान्जिट परमिटको नाममा भारतले जडीबुटी निकासीमा अवरोध गर्दै आएको जडिबुटी व्यवसायीहरू बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण