Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गोदाममै थन्कियो चार मेट्रिक टन जडीबुटी

गोदाममै थन्कियो चार मेट्रिक टन जडीबुटी

नेपालगञ्ज : भारतले सूचीकरण नगर्दा नेपालगञ्ज नाकामा करिब चार हजार मेट्रिक टन जडीबुटी थन्किएको छ।

भारत सरकारले आफ्नो देशको ‘प्लान्ट क्वारेन्टाइन’मा सूचीकृत नभएका जडीबुटी निकासी बन्द गरेपछि नेपालका विभिन्न नाकामा करिब १५ हजार मेट्रिक टन जडीबुटी नेपालका विभिन्न नाकामा थन्किएको हो।

भारतले निकासी बन्द गरेपछि ६ महिनादेखि नाकामा जडिबुटी थन्किएको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए।

५४ प्रकारका जडीबुटी गोदाममा थन्किएका छन्। भारतले दालचिनी, पाखनवेद, चुत्राको बोक्रा, सिकाकाई, पदमचाल, अमला, अश्वगन्धा, जटामसी, रिट्ठा, कुट्की, अमलवेद, तेजपात, चुत्राको काठ, टिमुर, सुगन्धवाल र क्यामोमाइलको तेल सूचीकरणमा राखेको छैन।

केही वर्षदेखि ट्रान्जिट परमिटको नाममा भारतले जडीबुटी निकासीमा अवरोध गर्दै आएको जडिबुटी व्यवसायीहरू बताउँछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार