७० हजारमा डेंगु संक्रमणकाे अनुमान
काठमाडाैं : डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको अनुमान गरिएकाे छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब सात हजार पुगेका छन्।
निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामीसमेत गरी डेंगुप्रभावितकाे संख्या ७० हजार पुग्ने चिकित्सकको अनुमान छ। ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म तीन हजार ४२५ जना र साउनयता तीन हजार ५८० जना उपचार गराउन अस्पताल आएका छन्।
ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखाका अनुसार विभिन्न जिल्लाबाट आरडीटी किटको अत्यधिक माग भइरहेको छ। तर स्वास्थ्य सेवा विभागबाट आरडीटी किटको सट्टा बिरामीहरूको रगत परीक्षण गरी रोग निदान गर्न निर्देश गरिएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?