Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

७० हजारमा डेंगु संक्रमणकाे अनुमान

७० हजारमा डेंगु संक्रमणकाे अनुमान

काठमाडाैं : डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको अनुमान गरिएकाे छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता करिब सात हजार पुगेका  छन्।

निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामीसमेत गरी डेंगुप्रभावितकाे संख्या ७० हजार पुग्ने चिकित्सकको अनुमान छ। ईडीसीडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म तीन हजार ४२५ जना र साउनयता तीन हजार ५८० जना उपचार गराउन अस्पताल आएका छन्।

ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखाका अनुसार विभिन्न जिल्लाबाट आरडीटी किटको अत्यधिक माग भइरहेको छ। तर स्वास्थ्य सेवा विभागबाट आरडीटी किटको सट्टा बिरामीहरूको रगत परीक्षण गरी रोग निदान गर्न निर्देश गरिएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार