विराटनगरमा रगत अभाव
विराटनगर : विराटनगरस्थित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको छ। यहाँ दैनिक ६० जनाभन्दा बढी रगत लिन आउने गरेका छन्।
यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आउने बिरामी रगतका लागि रक्त सञ्चार केन्द्र धाउने गरेका छन्। ‘रगत लिन आउनेको संख्या बढ्दै गएको छ’, केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले भने। रगतको माग पूरा गर्न निकै समस्या भएको उनले बताए।
विराटनगर पछिल्लो समयमा उपचारको केन्द्र बन्दै गएको छ। यहाँका अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ। रक्त सञ्चार सेवा केन्द्रका लागि झण्डै २०० सङ्घसंस्थाले रक्तदान गरी रगत सङ्कलन गर्दै आएका छन्। ‘रगतको माग बढी छ। सङ्कलन न्यून छ’, यादवले भने।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित