Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विराटनगरमा रगत अभाव

विराटनगरमा रगत अभाव

विराटनगर : विराटनगरस्थित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको छ। यहाँ दैनिक ६० जनाभन्दा बढी रगत लिन आउने गरेका छन्।

यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आउने बिरामी रगतका लागि रक्त सञ्चार केन्द्र धाउने गरेका छन्। ‘रगत लिन आउनेको स‌ंख्या बढ्दै गएको छ’, केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले भने। रगतको माग पूरा गर्न निकै समस्या भएको उनले बताए।

विराटनगर पछिल्लो समयमा उपचारको केन्द्र बन्दै गएको छ। यहाँका अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ। रक्त सञ्चार सेवा केन्द्रका लागि झण्डै २०० सङ्घसंस्थाले रक्तदान गरी रगत सङ्कलन गर्दै आएका छन्। ‘रगतको माग बढी छ। सङ्कलन न्यून छ’, यादवले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार