Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामीको मृत्युपछि अस्पतालमा तनाव

बिरामीको मृत्युपछि अस्पतालमा तनाव

भक्तपुर : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पताल दिनभर तनावग्रस्त बन्यो।

बिहीबार भर्ना भई शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकिएका सिन्धुपाल्चोककाे इन्द्रावती नगरपालिका–६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारका क्रममा मृत्यु भएपछि परिवार र आफन्तले अस्पताल घेराउ गरी नाराबाजी गरेका हुन्।

पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि साँझ ७ बजे पीडित पक्ष र प्रहरीबीच झडप भएको छ।  अस्पतालभित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको प्रहरीले को भनाइ छ।

शुक्रबार सफल शल्यक्रिया भई स्वास्थ्य अवस्थामा सुधार भइसकेको अवस्थामा नर्सहरूको लापरवाहीले बाबुको ज्यान गएको छोरा सागरले बताए। सघन उपचार कक्षका नर्सहरूले एक्लै हिँडाएर शौचालय पठाएका कारण लडेर शुक्रबार बिहान बुबाको मृत्यु भएको उनको दाबी छ। शनिबार बिहान शौचालयमै लडेर घाइते भएका बुबाको आधा घण्टापछि मृत्यु भएको सागरले बताए।

छानबिन गरी नर्सलाई कारवाही गर्नुपर्ने, अब यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखी परिवारले मृतकको शव उठाउन मानेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार