बिरामीको मृत्युपछि अस्पतालमा तनाव
भक्तपुर : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पताल दिनभर तनावग्रस्त बन्यो।
बिहीबार भर्ना भई शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकिएका सिन्धुपाल्चोककाे इन्द्रावती नगरपालिका–६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारका क्रममा मृत्यु भएपछि परिवार र आफन्तले अस्पताल घेराउ गरी नाराबाजी गरेका हुन्।
पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि साँझ ७ बजे पीडित पक्ष र प्रहरीबीच झडप भएको छ। अस्पतालभित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको प्रहरीले को भनाइ छ।
शुक्रबार सफल शल्यक्रिया भई स्वास्थ्य अवस्थामा सुधार भइसकेको अवस्थामा नर्सहरूको लापरवाहीले बाबुको ज्यान गएको छोरा सागरले बताए। सघन उपचार कक्षका नर्सहरूले एक्लै हिँडाएर शौचालय पठाएका कारण लडेर शुक्रबार बिहान बुबाको मृत्यु भएको उनको दाबी छ। शनिबार बिहान शौचालयमै लडेर घाइते भएका बुबाको आधा घण्टापछि मृत्यु भएको सागरले बताए।
छानबिन गरी नर्सलाई कारवाही गर्नुपर्ने, अब यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता गर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखी परिवारले मृतकको शव उठाउन मानेको छैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण