Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा अध्ययन संस्थानलाई कारबाही गर्न संसदीय उपसमितिकाे सिफारिस

चिकित्सा शिक्षा अध्ययन संस्थानलाई कारबाही गर्न संसदीय उपसमितिकाे सिफारिस

काठमाडौं : मेडिकल कलेजहरूको शुल्क विवादलगायतका विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले चिकित्सा शिक्षा अध्ययन संस्थानलाई नै कारबाही गर्न सिफारिस गरेको छ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले तोकेको शुल्कका अलावा थप शुल्क लिन मेडिकल कलेजहरूलाई उक्साएकाले संस्थानलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।

उपसमितिका संयोजक सुरेशकुमार राईले मेडिकल कलेजहरूलाई थप शुल्क लिन लगाउने गैरकानुनी काममा संलग्न रहेको पाइएकाले संस्थानलाई कारबाही गर्न सरकारलाई निर्देशन दिन सिफारिस गरिएको बताए।

उपसमितिले काठमाडौं विश्वविद्यालयले पनि मन्त्रिपरिषदको पत्राचार हुँदाहुँदै पनि मेडिकल अध्ययनका लागि अतिरिक्त शुल्क लिएको भन्दै त्यस कार्यमा संलग्न काठमाडौं विश्वविद्यालयका तत्कालीन पदाधिकारीलाई पनि कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख गरेको छ।

सरकारले मेडिकल कलेजहरूमा एमबीबीएस कोर्ष अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिरका मेडिकल कलेजका लागि ४२ लाख ४५ हजार शुल्क तोकेका थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार