चिकित्सा शिक्षा अध्ययन संस्थानलाई कारबाही गर्न संसदीय उपसमितिकाे सिफारिस
काठमाडौं : मेडिकल कलेजहरूको शुल्क विवादलगायतका विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले चिकित्सा शिक्षा अध्ययन संस्थानलाई नै कारबाही गर्न सिफारिस गरेको छ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले तोकेको शुल्कका अलावा थप शुल्क लिन मेडिकल कलेजहरूलाई उक्साएकाले संस्थानलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
उपसमितिका संयोजक सुरेशकुमार राईले मेडिकल कलेजहरूलाई थप शुल्क लिन लगाउने गैरकानुनी काममा संलग्न रहेको पाइएकाले संस्थानलाई कारबाही गर्न सरकारलाई निर्देशन दिन सिफारिस गरिएको बताए।
उपसमितिले काठमाडौं विश्वविद्यालयले पनि मन्त्रिपरिषदको पत्राचार हुँदाहुँदै पनि मेडिकल अध्ययनका लागि अतिरिक्त शुल्क लिएको भन्दै त्यस कार्यमा संलग्न काठमाडौं विश्वविद्यालयका तत्कालीन पदाधिकारीलाई पनि कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख गरेको छ।
सरकारले मेडिकल कलेजहरूमा एमबीबीएस कोर्ष अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिरका मेडिकल कलेजका लागि ४२ लाख ४५ हजार शुल्क तोकेका थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण