उपचार सकी स्वदेश फर्किए प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उपचार सकी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली सिंगापुरबाट थाइल्याण्ड हुँदै मध्याह्न थाई एयरवेजबाट स्वदेश फर्किएको उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले जानकारी दिए।।
प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए। प्रधानमन्त्री ओलीले विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरुसँग कुरा गरेनन्।
मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते सिंगापुर गएका थिए। उनको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।
यसअघि प्रधानमन्त्री ओली त्यही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण