Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उपचार सकी स्वदेश फर्किए प्रधानमन्त्री

उपचार सकी स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उपचार सकी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली सिंगापुरबाट थाइल्याण्ड हुँदै मध्याह्न थाई एयरवेजबाट स्वदेश फर्किएको उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले जानकारी दिए।।

प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए। प्रधानमन्त्री ओलीले विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरुसँग कुरा गरेनन्।

मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते सिंगापुर गएका थिए। उनको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।

यसअघि प्रधानमन्त्री ओली त्यही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार