Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रूपन्देहीमा ६२ जनालाई डेंगुको संक्रमण

रूपन्देहीमा ६२ जनालाई डेंगुको संक्रमण

रूपन्देही : जिल्लामा ६२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। जिल्लाका विभिन्न अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६२ जनामा डेंगु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, भीम अस्पताललगायतका अस्पतालमा आएका बिरामीको परिक्षणका क्रममा डेंगुको सङ्क्रमण देखिएको हो। पछिल्लो दुई दिनमा डेंगुका बिरामीको संख्या बढेको प्रमुख गिरीले बताए।

यसमध्ये ४२ जना उपचारपछि घर फर्किएका छन्। यो वर्ष भदौ महीनादेखि डेंगुको सङ्क्रमण फैलिएको हो। विगतका वर्षको तुलनामा संक्रमण नफैलिए पनि लामखुट्टेको संख्या वृद्धि हुने समय अझै बाँकी रहेकाे गिरीको भनाइ छ।

स्थानीय तहहरुले वडास्तरबाटै सचेतामूलक कार्यक्रम सञ्चालन गरी डेंगुको संक्रमण घटाउनुपर्ने उनको भनाइ छ। डेंगुको संक्रमण नियन्त्रण नभए जनस्वास्थ्य कार्यालयमा परीक्षण किट अभाव हुने जनस्वास्थ्य प्रमुख गिरीले बताए। ‘हामीसँग १०० वटामात्रै किट छ।

जिल्लाका दुई सरकारी अस्पताल भैरहवा भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा कीट उपलब्ध गराएका छौँ, बिरामी बढ्दै गए किट अभाव हुनसक्छ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार