७३ वर्षीयाले जन्माइन् जुम्ल्याहा बच्चा
भारतमा ७३ वर्षीया एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन्।
भारतको आन्ध्र प्रदेशको गुंटुर जिल्लाकी येरामति मंगायम्माले बुधबार बिहान साढे १० बजे शल्यक्रिया मार्फत बच्चालाई जन्म दिएकी हुन्।
उनको शल्यक्रिया गरेकी डा. उमा शङ्करले भनिन्, ‘आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ।’
ती वृद्धाले सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान बनाएको अनुमान गरिएको । यसअघि सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी एक महिलाको उमेर ६६ वर्ष थियो ।
केहीले त्यो कीर्तिमान भारतकै ओमकारी पनवारको नाममा रहेको बताउने गरेका छन्। सन् २००७ सालमा ती महिलाले ७० वर्षको उमेरमा जुम्ल्याहाको जन्म दिएको बताइन्छ।
जुम्ल्याहा पाएपछि प्रसन्नता व्यक्त गर्दै मङ्गायम्माले भनिन्, ‘मानिसहरूले मलाई बाँझो भन्ने गर्थे। मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण