Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उपचार पूरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किँदै

उपचार पूरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किँदै

काठमाडौं :  दुई साताको स्वास्थ्योपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन्।प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो। बिहीबार प्लाज्मा फेरेसिसको सातौँ चरण पूरा गरिएको थियो।

प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल पनि फर्किँदै छन्।

मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर गएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार